काठमाडौँ, १३ साउन । भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४५ हजार पाँच सय ९३ जना विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन् ।
गएको आर्थिक वर्षमा नगरपालिकाले पर्यटन शुल्कबाट २७ करोड ४५ लाख रुपैयाँभन्दा धेरै सङ्कलन गरेको छ ।
भक्तपुर नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा सबैभन्दा बढी पर्यटक भारतबाट ८७ हजार सात सय ९८ जना आएका छन् । यस्तै चीनबाट ४० हजार चार सय एक, अमेरिकाबाट १३ हजार दुई सय ३०, जर्मनीबाट ११ हजार सात सय पाँच, फ्रान्सबाट १० हजार तीन सय २२, इटालीबाट सात हजार नौ सय ४६, स्पेनबाट ६ हजार ६ सय ८१, जापानबाट ६ हजार एक सय ७०, इङ्गल्यान्डबाट ६ हजार ६६ जना पर्यटक आएका छन् ।