सिमलतालबाट बेपत्ता बसका दुई यात्रुको शव भारतमा फेला

काठमाडौँ, ४ साउन । चितवनको सिमलतालस्थित पहिरोमा परेर बेपत्ता दुईवटा बसका ६२ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । शुक्रबार बिहानसम्म हराएकामध्ये २३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुईवटा शव फेला परेको उनले बताए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले ती शव फेला पारेको जानकारी सशस्त्र प्रहरी बललाई गराएको छ ।

२३ शवमध्ये १४ शवको सनाखत भएको छ । आठ पुरूष र एक महिलाको  सनाखत हुन बाँकी छ । ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र ०३–००६ ख १५१६ नम्बरको एन्जल बस बेपत्ता भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार

काठमाडौँ, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । आज अर्थ

काठमाडौँ, १ जेठ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ, १ जेठ । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न