एजेन्सी, ४ साउन । बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन थप चर्किएको छ । बिहीबारसम्ममा १९ जनाको मृत्यु भएको छ । १३ जना बिहीबार मारिएका हुन् ।
फ्रान्सेली समाचार समिति एएफपीले मारिनेको संख्या ३२ पुगेको दाबी गरेको छ । विद्यालय र युनिभर्सिटी यसअघिदेखि नै अनिश्चितकालीन बन्द रहेकोमा बिहीबारदेखि राजधानी ढाकामा इन्टरनेट र फोन लाइन समेत बन्द गरिएको छ ।
बिहीबार मृत्यु हुनेमा ढाका टाइम्सका ३२ वर्षिय पत्रकार मेहदी हसन समेत छन् । हजारौँ प्रदर्शनकारीले बिहीबार साँझ सरकार नियन्त्रित बंगलादेश टेलिभिजन (बीटीभी)को ढाकास्थित कार्यालयमा समेत आगो लगाएका छन् । आगलागीपछि पत्रकार तथा कर्मचारी कार्यालय छोडेर भागेका थिए । सरकारले देशभर सुरक्षा अलर्ट जारी गरेको छ ।