सिन्धुपाल्चोकमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ४ साउन । सिन्धुपाल्चोकका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा छ । नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । सिन्धुपाल्चोकको मेलम्ची घ्याङ, तार्के घ्याङ, बोल्दे, ढुंगे, भोटाङ, मानेखर्क, धाप, बाँसखर्क, दुवाचौर, गोब्रे, नवलपुर, बाउनेपाटी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । 

थप वर्षा हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ । उक्त क्षेत्र भएर बग्ने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने