नाडाका सुझावमा सरकारले पहल गर्छ: अर्थमन्त्री पौडेल

काठमाडौँ, ४ साउन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल व्यवसायीले प्रस्तुत गरेको नीतिगत सुझावमा सरकारले आवश्यक पहल गर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री पौडेलले सुझावमाथि जिज्ञासा राख्दै उक्त प्रतिक्रिया दिएका हुन् ।

अस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिमा सुधार गर्न आग्रह गर्दै नाडाका अध्यक्ष करण चौधरीले २२ बुँदे सुझाव पेस गरे । नाडाले अर्थमन्त्री पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई बैंकहरूबाट ‘हायर पर्चेज लोन’ प्रवाह गर्ने प्रक्रियामा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशतको सीमालाई बढाएर ७५.५ प्रतिशत पुर्‍याउनुपर्ने सुझाव राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव हार्दैमा राजनीतिक दलको भविष्य नसकिने बताएका छन् ।

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा