नाडाका सुझावमा सरकारले पहल गर्छ: अर्थमन्त्री पौडेल

काठमाडौँ, ४ साउन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल व्यवसायीले प्रस्तुत गरेको नीतिगत सुझावमा सरकारले आवश्यक पहल गर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री पौडेलले सुझावमाथि जिज्ञासा राख्दै उक्त प्रतिक्रिया दिएका हुन् ।

अस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिमा सुधार गर्न आग्रह गर्दै नाडाका अध्यक्ष करण चौधरीले २२ बुँदे सुझाव पेस गरे । नाडाले अर्थमन्त्री पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई बैंकहरूबाट ‘हायर पर्चेज लोन’ प्रवाह गर्ने प्रक्रियामा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशतको सीमालाई बढाएर ७५.५ प्रतिशत पुर्‍याउनुपर्ने सुझाव राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास

काठमाडौँ, १५ वैशाख । तयारी सकिएको तथा मनपरी योजना राखिएको भन्दै राष्ट्रिय योजना आयोगले आयोजना बैंक खाली गरेर पुनः प्रविष्टि

काठमाडौँ, १५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप