मेलम्चीको पानी वर्षभरि वितरण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ,  ३ साउन । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण वर्षभरी नै व्‍यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

बिहीबार आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उप-आयोजना-२ को ब्रिफिङ सुनिसकेपछि उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विषयमा आएका गुनासोको जानकारी लिएर आफू गम्भीर रहेको बताउँदै कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । मन्त्री यादवले मेलम्ची आयोजनालाई सफल पार्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई १२ महिना खानेपानी पुर्‍याउने लक्ष्य अनुसार सबै मिलेर काम गर्दा मात्र यो सम्भव हुने विश्वास समेत व्यक्त गरे ।

उनले भने, ‘हामीले काम मार्फत मेलम्ची खानेपानी आयोजना सम्बन्धी सृजित गलत भाष्यलाई चिर्नु पर्छ र जनतालाई मेलम्चीको पानी १२ महिना कसरी पुर्‍याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसको लागि म प्रतिबद्ध छु, के गर्नु पर्छ म गर्छु । म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो । मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौँका बासिन्दालाई खानेपानी पुर्‍याएर देखाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९