एन्फाले भदौमा महिला लिग २०२४ आयोजना गर्ने

काठमाडौँ, ३ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने भएको छ ।

एन्फाको हिजो बसेको भर्चुअल बैठकले आउदो भदौ १६ गतेदेखि यो लिग गर्ने निर्णय गरेको हो । एन्फाले प्रतियोगिता गर्ने ठाउँको भने टुङ्गो लगाइसकेको छैन । प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, सङ्कटा, बाग्मती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ ।

एन्फाले महिला लिगको सन् २०२४ देखि २०२६ सम्मका तीन संस्करणका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । सांसद सपना राजभण्डारीले खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागीका घटना बढ्दै गएकोप्रति आज संसद बैठकमा

काठमाडौँ, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । आज अर्थ

काठमाडौँ, १ जेठ । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न

काठमाडौँ, १ जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेस गर्ने दिन परिवर्तन गर्न माग