बाढीले बगाउँदा तीन बालिकाको मृत्यु, एक जना बेपत्ता

काठमाडौँ, १ साउन । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिका रुकुम (पश्चिम) वडा १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा ३ जना बालिकाको मृत्यु भएको हो । 

बाढीले बगाउँदा १ जना वयस्क व्यक्ति बेपत्ता भएका छन् भने ६ जना घाइते हुन पुगेका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीय हितमाया पुन, आठ वर्षीय धनसा पुन र चार वर्षीय मनिषा सार्की रहेका छन् । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् । घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने