ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी विजयी

काठमाडौँ, १ साउन । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन् ।

मंगलबार बिहान सकिएको मतगणनामा अधिकारी वर्तमान अध्यक्ष भविश्वर शर्मालाई ११६ मतान्तरमा पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष विजयी अधिकारीले ५६२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भविश्वर शर्माले ४५० मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा राजिव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलिया विजयी भएका छन् । महासचिवमा बद्रीप्रसाद तिमल्सिना विजयी भएका छन् । त्यस्तै सचिवमा पुण्यराम लगेजु विजयी भएका छन् ।  कोषाध्यक्षमा प्रकाश थपलिया यसअघि नै निर्विरोध निर्वाचित भैसकेका छन् । महासचिव बाहेक सबै अधिकारी प्यानलका उम्मेदवार हुन् ।

यस्तै सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर, सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल विजयी भएका छन् । विजयी सबैजसो अधिकारी प्यानलका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । सांसद सपना राजभण्डारीले खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागीका घटना बढ्दै गएकोप्रति आज संसद बैठकमा

काठमाडौँ, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । आज अर्थ

काठमाडौँ, १ जेठ । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न

काठमाडौँ, १ जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेस गर्ने दिन परिवर्तन गर्न माग