काठमाडौँ, १ साउन । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
वैशाख १७ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर यसबारे जानकारी गराएको हो ।