काठमाडौँ, ३१ असार । नवनियुक्त गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको कार्यभार सम्हालेका छन् । सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।
त्यसलगत्तै मन्त्री लेखकले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधन रोक्ने विषयमा काम गर्ने बताए । त्यसका लागि बाढीपहिरो प्रभावित क्षेत्रहरूमा कसरी काम गर्नेबारे मंगलबारबाट नै तालिका बनाएर काम हुने उनको भनाइ छ । उनले बाढीपहिरोमा परेकाको उद्धार र राहत पहिलो प्राथमिकतामा हुने बताए ।
लेखकले सिमताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ । त्योबाहेक गृह मन्त्रालयले गर्दै आएका काममा पनि चुस्तताका साथ काम गरिएको उनको भनाइ छ ।