गृहमन्त्री लेखकको पहिलो निर्णय : बाढीपहिरोमा परेकाको उद्धार र राहत प्राथमिकता 

काठमाडौँ, ३१ असार । नवनियुक्त गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको कार्यभार सम्हालेका छन् । सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

त्यसलगत्तै मन्त्री लेखकले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधन रोक्ने विषयमा काम गर्ने बताए । त्यसका लागि बाढीपहिरो प्रभावित क्षेत्रहरूमा कसरी काम गर्नेबारे मंगलबारबाट नै तालिका बनाएर काम हुने उनको भनाइ छ ।  उनले बाढीपहिरोमा परेकाको उद्धार र राहत पहिलो प्राथमिकतामा हुने बताए । 

लेखकले सिमताल बस दुर्घटनाबारे  अध्ययन गर्न कार्यदल गठन गरेका छन् । कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ । त्योबाहेक गृह मन्त्रालयले गर्दै आएका काममा पनि चुस्तताका साथ काम गरिएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । काठमाडौँको टोखामा रहेको एक डेराबाट २ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, ४ बैशाख । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण हुने महिलाहरूको अकाल मृत्यु रोक्न आफूले

काठमाडौँ, ४ बैशाख । रोल्पामा लडेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका-६ सानो भुर्ती बस्ने बालाराम

काठमाडौँ, ४ बैशाख । अर्थ मन्त्रालयमा बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको अन्तर सरकारी वित्त परिषद्को बैठकले दोहोरो कर हटाउने निर्णय