कांग्रेसबाट बनेका मन्त्रीहरुद्वारा बीपीको सालिकमा माल्यार्पण

काठमाडौँ, ३१ असार । नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेकाहरूले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेलगत्तै प्रदीप पौडेल पदभार ग्रहण गर्न मन्त्रालय पुगेका थिए । पदभार ग्रहणपछि उनी सानेपा पुगे । बाँकी मन्त्रीहरूले पद तथा गोपनीयताको शपथपछि सिधै सानेपा पुगेर नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका हुन् ।

पार्टी कार्यालयमा माल्यार्पण गरेलगत्तै मन्त्रीहरू आ–आफ्ना मन्त्रालयतर्फ लागेका छन् । कांग्रेसबाट उपप्रधानसहित नौजना मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :