काठमाडौँ, ३१ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाइ दिएका छन् ।
आज सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
“केपी शर्मा ओली नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई,” मोदीले लेखेका छन् । मोदीले आगामी दिनमा पारस्परिक सहयोगलाई विस्तार गर्न अझ नजिक रहेका काम गर्न तत्पर रहेको बताएका छन् ।
“दुई देशबीचको गहिरो र प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन र जनताको प्रगति तथा समृद्धिको लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिक रहेर काम गर्न तत्पर छौँ,” मोदीले भनेका छन् ।






