राजनीतिक बयानबाजीको तापक्रम घटाउन बाइडेनको आग्रह

वासिंटन, ३१ असार । अमेरिकी राष्ट्रपति जो बाइडेनले राजनीतिक तापक्रम घटाउन अमेरिकीहरूलाई आग्रह गरेका छन् ।
 
ओभल अफिसबाट राष्ट्रका नाममा आइतबार (नेपाली समयअनुसार आज बिहान) सम्बोधन गर्दै बाइडेनले पेन्सिलभानियाको र्यालीमा शनिबार भएको गोली काण्डले कदम पछाडि हटाउन आग्रह गरेको जनाएका छन् ।

उनले हिंसा कहिले पनि जवाफ हुन नसक्ने जनाउँदै अमेरिकामा कुनै पनि हिंसालाई स्थान नभएको बताएका छन् । देश राजनीतिक बयानबाजीका कारण तातेको जनाउँदै यसलाई शान्त गर्न सबैमा आग्रह गरेका छन् ।

बाइडेनले राष्ट्रिय एकताका लागि आग्रह गर्दै गएको शनिबारको गोलीकाण्डमा मारिने दर्शकदीर्घाका व्यक्तिलाई हिरो भन्दै सम्बोधन गरेका छन् । उनले डोनाल्ड ट्रम्पलाई सुस्वास्थ्यको कामना गर्दै शनिबारको गोली काण्डको पुनःनिन्दा गरेका छन् । 

बाइडेनले राजनीतिक गतिविधि शान्तिपूर्ण रूपमा हुनुपर्ने समेत जनाएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा