भोटेकोसी र इन्द्रावतीमा बाढी

काठमाडौँ, ३१ असार । भोटेकोसी नदीले सतर्कता तह पार गरेको छ ।

सिन्धुपालचोकस्थित भोटेकोसी नदी, बाह्रविसे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जससतह बढ्दो क्रममा रहेकाले उक्त नदीको तटीय क्षेत्रमा रहनेहरूलाई बिहान ८ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । 

इन्द्रावती यांग्री नदीमा पनि बाढी आएको छ । जल मापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको र थप बढ्नसक्ने सम्भावना रहेको विभागले बताएको छ । 

तल्लो नदी तटीय क्षेत्रमा रहनेहरूलाई बिहान ८ बजेसम्म उच्च सावधानी अपनाउन विभागले सचेत गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।