किस्ताबन्दीमा डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल बुझाउन सकिने

काठमाडौँ, ३१ असार । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्र‌ङ्क लाइनबाट विद्युत खपत गरेका उद्योगहरुले किस्ताबन्दीमा बक्यौता महसुल बुझाउन सक्ने व्यवस्था मिलाइएको जनाएको छ । 

जसअनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उपभोक्ताहरूले प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युत महसुल अधिकतम २८ मासिक किस्तामा भुक्तानी गर्न सक्ने गरी व्यवस्था मिलाइएको प्राधिकरणले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । 

किस्ताबन्दी सुविधा लिन इच्छुक उपभोक्ताहरूले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी उपलब्ध सुविधाको लाभ लिन सक्ने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले १६

काठमाडौँ, ७ बैशाख । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता भएको

काठमाडौँ, ७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री