आजको मौसम

काठमाडौँ, ३१ असार । हाल नेपालमा मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।  

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशभरका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

त्यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । पोखरास्थित फेवा तालबाट एसएलआर बन्दुक र १८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ । जाल हान्ने

काठमाडौँ, १ फागुन । मोरङमा एक जना पुरुष मृत फेला परेका हुन् । प्रहरीक अनुसार उर्लाबारी नगरपालिका–७ स्थित मावाखोलामा सोही

काठमाडौँ, १ फागुन । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको

काठमाडौँ, १ फागुन । रौतहटमा नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय