काठमाडौँ, ३० असार । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुँदैछ ।
मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजक समितिका खेमराज रेग्मीले जानकारी दिए । यसैगरी महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभालगायतले कथावाचन गर्नेछन् ।