गाजाको मानवीय क्षेत्रमा हवाइ आक्रमण हुँदा ९० जनाको मृत्यु

एजेन्सी, ३० असार । इजरायली सेनाले गाजाको एउटा मानवीय क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा ९० जनाको ज्यान गएको छ । अरू तीन सय जनाभन्दा धेरै घाइते भएका प्यालेष्टिनी विद्रोही समूह हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हमासका अनुसार इजरायली सेनाले युद्धक्षेत्रबाट विस्थापित भएर बसेका मानिसको बसोबास रहेको क्षेत्रमा आक्रमण गरेको हो । त्यस क्षेत्रलाई यसअघि इजरायली सेनाले नै सुरक्षित क्षेत्र तोकेर प्यालेस्ष्टिनीलाई शरण लिन आग्रह गरेको थियो । इजरायली सञ्चारमाध्ययमका अनुसार सेनाले हमासका वरिष्ठ नेता मोहम्मद डेफलाई लक्षित गरी आक्रमण गरेको हो । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले भने घटनाको अनुसन्धान भइरहेको बताउनुभएको कतारी सञ्चारमाध्ययम अलजजिराले जनाएको छ ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । गाजामा अहिलेसम्म ३८ हजार चार सय ४३ जनाको ज्यान गएको र ८८ हजार चार सय ८१ जना घाइते भएका हमासले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएका छन् । सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ, २८ बैशाख । आजको प्रतिनिधि सभाको बैठक २ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ बैशाख । एमाले महासचिव शंकर पोखरेलले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखा पर्न थालेको भन्दै प्रधानन्यायाधीश सिफारिसप्रति

काठमाडौँ, २८ बैशाख । संघीय संसद्को दुवै अधिवेशन आजबाट सुरु हुँदै छ । बैठक दिउँसो २ बजे बस्नेछ ।  राष्ट्रपति रामचन्द्र