भक्तपुरमा ६ दलीय गठबन्धनलाई एमालेले चटायो धुलो

भक्तपुर, ३० असार । दधिकोट शहरी तथा सरसफाई मुल उपभोक्ता समितिको निर्वाचनमा एमालेले ६ दलीय गठबन्धनलाई परास्त गरेको छ । शनिवार भएको निर्वाचनमा अधिकाशं पदमा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ ।

जिल्लाको लागि स्थानीय, प्रदेश तथा संघको मिनि निर्वाचनको रुपमा हेरिएको यो निर्वाचनमा विजयी हासिल गरे सँगै आगामी निर्वाचन एमालेविरुद्ध जस्तो सुकै गठबन्धन बनेपनि विजयी हुने देखिएको छ । समितिको निर्वाचनमा नेपाली कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेको तर्फबाट अध्यक्ष कृष्ण हरि खड्का, उपाध्यक्ष बाशुदेव बस्नेत, सचिव राजन प्रजापति, सहसचिव धर्म बहादुर श्रेष्ठ, महिला सदस्य सलिना खड्का, अस्मिता थापा, ईन्द्रकुमारी भट्टराई, खुल्ला सदस्य उमेश रिसाल, श्याम विष्ट निर्वाचित हुनुभएको छ ।

दक्षिण बाराही प्रणालीबाट मनिष ढुङ्गेलको सम्पूर्ण टीम, सिकारिटार प्रणालीबाट रञ्जन राजथलाको सम्पूर्ण टीम, तर्खगाल प्रणालीबाट बिष्णु खत्री, रामेश्वरी श्रेष्ठसहितको टीम विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।