बेपत्ता दुई बस खोज्न फेरि घटनास्थलमा सुरक्षाकर्मी

काठमाडौँ, २९ असार । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रवार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा खसेका दुई वटा डिलक्स बस अझै फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज बिहानैदेखि खोजी कार्य सुरु भएको छ । त्यसका लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको छ । 

काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् । हिजो घटनास्थल नजिकै वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको एन्जल डिलक्सको पर्दा र बच्चाको ट्रयाकसुट भेटिएको थियो ।  एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ ।

प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको संख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए । दुई वटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात छ । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् ।

उनीहरू हुन्, रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता । दुर्घटनामा घाइते भएका उनीहरू मध्येका सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । उनी अहिले भरतपुर विमानस्थल नजिक आफन्तकोमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले १६

काठमाडौँ, ७ बैशाख । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता भएको

काठमाडौँ, ७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री