प्रधानमन्त्री प्रचण्डको प्रश्न-दुई दल मिल्न मध्यरात र अँध्यारो कोठा चाहिन्छ ?

काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला दल मिल्न कुतर्क, मध्यरात र अँध्यारो चाहिन्छ भन्दै प्रश्न गरेका छन् । उनले कांग्रेस एमाले मिल्दा लोकतन्त्रमाथि खतरा पर्ने भन्दै आफैँ नमिलेर कसैले मिलाएको तर्क गरे । 

आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै उनले नयाँ बन्ने गठबन्धन निरंकुशता केन्द्रित भएको आरोप लगाए । उनले मध्यरातमा अँध्यारो कोठमा कसको घरमा सहमति भयो भन्दै यसले निरंकुशता देखाएको तर्क गरे । 

उनले भने, “सहमतिको तरिका, सहमति गरेको ठाउँ, सहमतिको तयारी र कसको घरमा हस्ताक्षर गर्नुभयो, समय कुन रोज्नुभयो आमजनताले नजिकबाट हेरेर बोध गरिरहनु भएको छ,”  “नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ ?” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप