वर्षातको बेला रात्रि बस चलाउन रोक लगाऔँ : सांसद सिंह

काठमाडौँ, २८ असार । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले वर्षातको बेला रात्रि बस चलाउन रोक लगाउन माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कर्मचारीको सुविधामा कुनै कमी नभएको तर सडकमा पूर्व सतर्कता अपनाउने काम नभएको बताए । 

उनले भने, ‘कुनै पनि देशको सबैभन्दा ठुलो क्षति भनेको मानवीय क्षति हो, देशमा कुन बेला कुन नागरिकको कति बेला क्षति हुन्छ  थाहा हुँदैन तर सरकारले विपद्का घटनामा पूर्व तयारी गर्ने बताए पनि घटनापछि पूर्व तयारी गरेको थाहा हुन्छ ।’ सांसद सिंहले बाढी पहिरो लगायतका दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने