वर्षातको बेला रात्रि बस चलाउन रोक लगाऔँ : सांसद सिंह

काठमाडौँ, २८ असार । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले वर्षातको बेला रात्रि बस चलाउन रोक लगाउन माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कर्मचारीको सुविधामा कुनै कमी नभएको तर सडकमा पूर्व सतर्कता अपनाउने काम नभएको बताए । 

उनले भने, ‘कुनै पनि देशको सबैभन्दा ठुलो क्षति भनेको मानवीय क्षति हो, देशमा कुन बेला कुन नागरिकको कति बेला क्षति हुन्छ  थाहा हुँदैन तर सरकारले विपद्का घटनामा पूर्व तयारी गर्ने बताए पनि घटनापछि पूर्व तयारी गरेको थाहा हुन्छ ।’ सांसद सिंहले बाढी पहिरो लगायतका दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्