काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्रीले बैठक बोलाएको सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी गराए ।
उनका अनुसार बैठकका एजेण्डाबारे केही जानकारी गराइएको छैन ।