काठमाडौँ, २७ असार । सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सकिएको छ ।
कृषि विभागका अनुसार यो वर्ष सुदूरपश्चिम प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफल धान रोपाई हुने अनुमान गरेको छ । यो क्षेत्रफलमध्ये १ लाख ५० हजार ६२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।
देशभर करिब ४२ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।