प्राधिकरणले काट्यो ३ उद्योगको बिजुली

काठमाडौँ, २६ असार । नेपाल विद्युत् प्राधिकरणले तीन वटा उद्योगको बिजुली काटेको छ ।

प्राधिकरणले मंगलबार रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टको बिजुली काटेको हो । प्राधिकरणले असार ९ मा १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न भन्दै ६१ उद्योगलाई पत्र पठाएको थियो । उक्त पत्रको म्याद मंगलबार सकिएसँगै प्राधिकरणले बिजुली काट्न थालेको हो ।

उद्योगीहरूले तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । विद्युत्को बिल तिर्न ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न प्राधिकरणले उद्योगीलाई भनेको छ । थप दस्तुरसहित अर्घाखाँची सिमेन्टको ४४ करोड ८६ लाख, रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख र घोराही सिमेन्टको ५० करोड ८५ लाख रुपैयाँ बक्यौता छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने