काठमाडौँ, २६ असार । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक आजदेखि १५ दिनसम्म रातमा पाँच घण्टा बन्द हुने भएको छ ।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले एक सूचना निकालेर नौबिसे–मलेखु सडक खण्ड राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गर्न लागिएको जनाएको छ ।
