देशमा बाढी पहिरोका कारण जनधनको क्षतिबारे संसदमा जानकारी गराउन कांग्रेसको माग

काठमाडौँ, २५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति खोजेको छ ।

आज बसेको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशमा बाढी पहिरोका कारण जनधनको क्षति हुँदा पनि प्रधानमन्त्री र मन्त्री संसदमा आएर जानकारी गराउन माग गरे । 

उनले भने, ‘कहाँ कति क्षति भएको छ पत्रिका पढेर थाहा पाउनु परेको छ, कमसेकम सरकारले यो सदनमा आएर देशभरिमा अविरल वर्षाका कारण बाढी पहिरो, डुबानका कारणले कति क्षति भयो, कति मानिस घाइते भए, कति मानिसको ज्यान गयो ? कति विस्थापित छन् ? घाइतेहरूको अवस्था के छ ? विस्थापित भएकाहरूलाई कसरी पुनर्स्थापित गर्ने भन्ने सम्मका कुरा सरकारले जानकारी गराएको छैन ।’ 

उनले अगाडि भने, ‘सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीज्यूहरूको उपस्थिति संसदमा भइरहेको छैन । हिजो पनि यहाँ साथीहरूले कुरा उठाउनुभयो, सरकार विश्वासको मत लिने तयारी गरिरहेको छ, संविधान अनुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठेको छ, त्यसमा कुनै द्विविधा छैन । सरकारले ३० दिन नै लिओस् । हिजो २८ गते विश्वासको मत लिन थोरै समय हुन्छ, त्यसमा पनि थप्दा भयो । त्यसमा आपत्ति छैन तर सरकार रहुन्जेल त सरकारका प्रति उत्तरदायी भइदिनुपर्यो, आइदिनुपर्यो । भनिदिनुपर्यो कति मानिसको मृत्यु भएको छ, कति घाइते भएका छन्, कतिको उपचार भइरहेको छ ? स्थिति के छ ?’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने