रुपन्देहीमा बस दुर्घटना हुँदा ८ जना घाइते

काठमाडौँ, २५ असार । रुपन्देही तिलोत्तमा बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले  जनाएको  छ ।

प्रहरी चौकी ड्राइभरटोलका अनुसार आज बिहान तिलोत्तमा २ शंकरनगरमा बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो ।

८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको  छ । अन्य सामान्य घाइते भएको प्रहरीले  जनाएको  छ । बसमा १६ जना सवार थिए । प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको  छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ माघ । चलचित्र ‘हरिबहादुरको जुत्ता’ले प्रदर्शन मिति तय गरेको छ । छायांकनमा रहेको चलचित्र दसैँको ‘फूलपाती’मा रिलिज हुने

काठमाडौँ, २६ माघ । ‘अरेली काँडैले मलाई च्वास्सै…’ युट्युवमा १० करोड पटक हेरिने पहिलो नेपाली लोकगीत बनेको छ । शनिबार

काठमाडौँ, २५ माघ । आजदेखि एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘ममी’, ‘सारंग’ र ‘जुनाः

काठमाडौँ, २५ माघ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट प्रदर्शनको सय दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको