बिलिङ प्रणाली स्तरोन्नति गर्दै एनटीसी

काठमाडौँ, २५ असार । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्दैछ ।

त्यस क्रममा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुन सक्ने नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले जारी गरेको सूचना अनुसार बिलिङ प्रणाली स्तरोन्नती परीक्षण कार्य असार २५ गते राति ११ बजेदेखि असार २६ गते बिहान ६ बजेसम्म हुने छ । सोही अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा प्रभावित हुन सक्ने सूचनामा उल्लेख छ ।

त्यसैले उक्त समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ । मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आईपीटीभी आदि सेवाहरु भने यथावत सन्चालन हुने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१६, फारमस्थित पूर्व–पश्चिम राजमार्गमा जेसीबी र कार ठोक्किँदा एकै ५ जना

काठमाडौँ, ५ बैशाख । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल वायुसेवा निगमले

काठमाडौँ, ५ बैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार

काठमाडौँ, ५ बैशाख । कञ्चनपुरमा ९ ग्राम भन्दा बढी लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बेलडाँडी