काठमाडौँ, २४ असार । ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्ति लोकपथको कार्कीबास भन्ने ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको हो । पहिरो खस्दा मानवीय क्षति भने भएको छैन । बाटो खुलाउन डोजर पठाइएको छ ।