काठमाडौँ, २४ असार । काठमाडौँ र भक्तपुरमा धनमाल चोरी भएका छन् ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-२ डेरा गरी बस्ने पाल्पा घर भएका ४४ वर्षीय जगदिश नेपालको कोठाबाट नगद २२ हजार रूपैयाँ, सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौँको पुराना बानेश्वर स्थित गोमा दाहालको स्नेहा ब्युटी पार्लर पसलबाट पनि नगद ४० हजार रूपैयाँ, सुनका विभिन्न गरगहना, मोबाइल समेत गरी अन्दाजी ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।