मलिकाको ‘सतीदेवी’ भदौमा आउने

काठमाडौँ, २४ असार । अभिनेत्री मलिका महतको फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति एक महिना सरेको छ ।

निर्माता कम्पनी दिलाशा क्रिएसनले विज्ञप्ति जारी प्राविधिक कारणले पूर्वनिर्धारित मिति साउन ४ मा फिल्म रिलिज नहुने जानकारी गराएको हो । फिल्मको नयाँ रिलिज मिति भदौ ७ गतेलाई तय गरिएको छ ।

घोषित मितिमा नयाँ स्वदेशी तथा विदेशी फिल्म समेत नल्याउन कम्पनीले आग्रह गरेको छ । कुनै फिल्मलाई असर नपर्ने गरी प्रदर्शन मिति तय गरिएको फिल्मका निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीले जनाएका छन् । फिल्मले नयाँ मितिसहितको पोस्टर समेत लन्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने