मलिकाको ‘सतीदेवी’ भदौमा आउने

काठमाडौँ, २४ असार । अभिनेत्री मलिका महतको फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति एक महिना सरेको छ ।

निर्माता कम्पनी दिलाशा क्रिएसनले विज्ञप्ति जारी प्राविधिक कारणले पूर्वनिर्धारित मिति साउन ४ मा फिल्म रिलिज नहुने जानकारी गराएको हो । फिल्मको नयाँ रिलिज मिति भदौ ७ गतेलाई तय गरिएको छ ।

घोषित मितिमा नयाँ स्वदेशी तथा विदेशी फिल्म समेत नल्याउन कम्पनीले आग्रह गरेको छ । कुनै फिल्मलाई असर नपर्ने गरी प्रदर्शन मिति तय गरिएको फिल्मका निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीले जनाएका छन् । फिल्मले नयाँ मितिसहितको पोस्टर समेत लन्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति