पश्चिमी अमेरिकामा अत्यधिक गर्मी

एजेन्सी, २४ असार । अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ ।

केही दिनअघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टनलगायतका राज्यमा बढेको गर्मी आउने हप्तासम्म जारी रहने त्यहाँको मौसम विभागले जनाएका छन् ।

तापक्रम उच्च हुन थालेसँगै ठूल्ठूला डढेलोका घटना बढ्दै गएको बीबीसीले जनाएको छ । पश्चिमी अमेरिकामा झन्डै २ करोड जना मानिसलाई उच्च गर्मीबाट बच्न र सतर्कता अपनाउन सचेत गराइएको खबरमा उल्लेख छ ।

यसअघि एरिजोनामा गर्मीका कारण एक जना बालकको ज्यान गइसकेको छ । तातो लहरले बालबालिकासहित अरू धेरै जना बिरामी भएका छन् । क्यालिफोर्नियाकाे ‘डेथ भ्याली’ मा तापक्रम यो हप्ता १ सय ३० डिग्री फरेनहाइटसम्म पुग्नसक्ने अनुमान छ । १ सय ३० डिग्री फरेनहाइट भनेकाे साढे ५४ डिग्री सेल्सियस हाराहारी हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी

काठमाडौँ, २८ बैशाख । आज नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगी बन्द भएको छ ।