संविधान संशोधन पश्चगमन होइन : अध्यक्ष ओली

काठमाडौँ, २३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन पश्चगमन नभएको बताएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राजनीतिक स्थायित्वको आधार तयार पार्ने कुरा देश र जनताको हितमा हुने बताए । संविधान थप बलियो बनाउनकै लागि संशोधन जरुरी रहेकाले सबै दलले साथ दिनुपर्ने ओलीले बताए ।

अध्यक्ष ओलीले भने, ‘संविधान जारी भएपछि अहिलेसम्म देखिएको समस्याहरू ध्यानमा राखेका छौं । ती समस्या हल गर्नेगरी संविधान संशोधन गर्ने भनिएको हो । राजनीतिक स्थायित्वकै खोजीमा संविधान संशोधन गर्ने कुरा पश्चगमन होइन । देशलाई स्थायित्वको दिशामा लैजान ठूला दलहरु सहितको राष्ट्रिय सरकार बनाउँदैछौं । यो सरकारमा सबैले सहभागी हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण