गाजाको विद्यालयमा इजरायली आक्रमण, १६ जनाको मृत्यु

गाजा, २३ असार । गाजाको एक विद्यालयमा इजरायलले गरेको हवाई हमलामा कम्तीमा १६ जनाको मृत्यु भएको प्यालेस्टाइन अधिकारीहरूले बताएका छन् । घटनामा दर्जनौँ घाइते भएका छन् ।

सो भवनमा मध्य गाजाको नुसरत शरणार्थी शिविरका हजारौँ विस्थापित मानिस आश्रय लिइरहेको हमासको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । इजरायली डिफेन्स फोर्स (आइडीएफ)ले अल जाओउनी विद्यालयका संरचनामा आतंककारी गतिविधि भइरहेकोले आक्रमण गरिएको जनाएको छ ।

अलग्गै अर्को आक्रमणमा शिविरका १० जनाको मृत्यु भएकमे छ । भिडियोमा देखाइएअनुसार वयस्क र केटाकेटीहरू धुवाँले भरिएको सडकमा रुँदै गरेको देखिएको छ । उनीहरू घाइते अवस्थामा कुदिरहेको समेत देखिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमण भवनको माथिल्लो भागमा केन्द्रित थियो । भवन व्यस्त बजारको छेउमा छ । सो भवन सात हजार मानिसले आश्रयको रूपमा प्रयोग गरिरहेका थिए । भवनमा आक्रमण हुँदा कुरान पढिरहेका केही केटाकेटी पनि मारिएको एक महिलालाई उद्धृत गर्दै एएफपीले जनाएको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । सर्वोच्च अदालतको आदेशविपरीत करिब ३ दर्जन पालिकाले फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएका

काठमाडौँ, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धले व्यवस्था बदले पनि जनताको अवस्था बदल्ने कार्यभार भने

गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि कारबाही गर्न निर्देशन दिएका

काठमाडौँ, ३० माघ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी