नेपालमा राम्रो काम गर्नेहरु टिक्न गाह्रो छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २२ असार । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने बताएका छन् । 

शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीति सफा नभई मुलुकमा विद्यमान कुनै पनि समस्या समाधान नहुने दाबी गरेका हुन् । उनले मुलुकमा सहकारी क्षेत्रमा देखिएको समस्या पनि राजनीतिक दलहरुको संरक्षणको कारण भएको बताए । राजनीतिक दल र नेताहरूले सहकारीका सञ्चालकहरूलाई संरक्षण गर्न खोज्दा सहकारीमा समस्या देखिएको उपप्रधानमन्त्री श्रेष्ठको जिकिर थियो । उनले राजनीतिक दलहरूले आफ्नालाई संरक्षण गर्न प्रहरी प्रशासनलाई पनि त्यसको अनुसन्धान गर्न नदिएको बताए ।

उनले भने, ‘नेपालको राजनीतिको समस्या म यहाँ चर्चा गर्न चाहन्न । त्यो राजनीति सफा नभईकन अरू समस्या समाधान हुनेवाला छैन । त्यसैले राजनीति सफा  नगरीकन यो देश बन्दैन । सहकारीमा नै यस्तो समस्या किन आयो ? एउटा त अनुगमन भएन । दोस्रो ती सहकारीका सञ्चालक, मालिकहरू आ–आफ्नो पार्टी र नेताका छन् । तिनलाई त रक्षा गर्नुपर्छ भनेर लागिने भइयो । अनि पुलिसहरूलाई पनि त्यही अनुसार मिलाउनुपर्ने होला । अनि अनुसन्धान गर्न पुलिस पठायो भने जसले अनुसन्धान गर्छु भन्छ, उसलाई फालिदिने काम हुन्छ । यहाँ त राम्रो काम गर्ने त टिक्न गाह्रो छ नि ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :