नेपालमा राम्रो काम गर्नेहरु टिक्न गाह्रो छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २२ असार । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने बताएका छन् । 

शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीति सफा नभई मुलुकमा विद्यमान कुनै पनि समस्या समाधान नहुने दाबी गरेका हुन् । उनले मुलुकमा सहकारी क्षेत्रमा देखिएको समस्या पनि राजनीतिक दलहरुको संरक्षणको कारण भएको बताए । राजनीतिक दल र नेताहरूले सहकारीका सञ्चालकहरूलाई संरक्षण गर्न खोज्दा सहकारीमा समस्या देखिएको उपप्रधानमन्त्री श्रेष्ठको जिकिर थियो । उनले राजनीतिक दलहरूले आफ्नालाई संरक्षण गर्न प्रहरी प्रशासनलाई पनि त्यसको अनुसन्धान गर्न नदिएको बताए ।

उनले भने, ‘नेपालको राजनीतिको समस्या म यहाँ चर्चा गर्न चाहन्न । त्यो राजनीति सफा नभईकन अरू समस्या समाधान हुनेवाला छैन । त्यसैले राजनीति सफा  नगरीकन यो देश बन्दैन । सहकारीमा नै यस्तो समस्या किन आयो ? एउटा त अनुगमन भएन । दोस्रो ती सहकारीका सञ्चालक, मालिकहरू आ–आफ्नो पार्टी र नेताका छन् । तिनलाई त रक्षा गर्नुपर्छ भनेर लागिने भइयो । अनि पुलिसहरूलाई पनि त्यही अनुसार मिलाउनुपर्ने होला । अनि अनुसन्धान गर्न पुलिस पठायो भने जसले अनुसन्धान गर्छु भन्छ, उसलाई फालिदिने काम हुन्छ । यहाँ त राम्रो काम गर्ने त टिक्न गाह्रो छ नि ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ माघ । इजरायली सेना नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धविराम सम्झौता अनुसार इजरायली

एजेन्सी, २७ माघ । इजरायल र हिजबुल्लाहबीच भएको युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायलले

एजेन्सी, २६ माघ । प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको

इस्लामाबाद, २६ माघ । पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन