काठमाडौँ उपत्यकाका नदीमा बाढी, उच्च सतर्कता अपनाउन आग्रह 

काठमाडौँ, २२ असार । काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ ।

२४ घण्टामा काठमाडौँ उपत्यकामा भारी वर्षा मापन भएको हो । कीर्तिपुरमा १०७.२ मिलिमिटर वर्षा भइसकेको छ । नैकापमा १०३.४ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कपनमा ६२.२ मिलिमिटर वर्षा भएको छ । 

टीकाथलीमा ८३.४, बबरमहलमा ७५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा लेलेमा १३८ मिलिमिटर वर्षा भइसकेको छ । काठमाडौँमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती नदीमा बाढी आएको छ । 

नदी छेउका बस्तीहरूमा सतर्क रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुललगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीले जनजीवन प्रभावित भएको छ । 

वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी  बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।

बाढी पहिरो आउन सक्ने जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार ।औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक पुनरवलोकन गर्ने गरी तयारी थालेको

बागलुङ, २ असार । पूर्व अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सरकारी संस्थान निजीकरण गरेर राज्यलाई फाइदा पुगेको बताएका

काठमाडौँ, २ असार । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले राज्यको सिस्टमले राज्यको सिस्टमले नै सबैलाई कर तिर्नुपर्छ भन्ने कुरा

काठमाडौँ, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र परम्पराविपरीत संसद्को बैठक