अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ, २२ असार । तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

अपाङ्गता परिचयपत्र लिएका दुई सय ८२ जनामध्ये पहिलो चरणमा ‘ग’ वर्गका ४९ र ‘घ’ वर्गका १४ जनाको बीमा गर्न लागिएको हो । 

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य उपचारमा सहज किसिमले पहुँच पु¥याउन बीमा प्रक्रिया अघि बढाएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए । उनले भने, “आर्थिक वर्ष २०८०/८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न गाउँपालिकाबाट विनियोजित रु चार लाख बजेटमध्येबाट उक्त काम गर्न लागिएको हो ।” 

वार्षिक शुल्कबापत जनही रु सात सयका दरले बीमा रकम तिरेपछि रु एक लाखसम्म स्वास्थ्य उपचारको सुविधा पाउन सकिने व्यवस्था छ । ‘क’ वर्ग र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिले राज्यबाट मासिक भत्ता पाउँदै आएका छन् ।  ‘ग’ र ‘घ’ वर्गकाले कुनै सुविधा पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वासिंटन, ३१ असार । अमेरिकी राष्ट्रपति जो बाइडेनले राजनीतिक तापक्रम घटाउन अमेरिकीहरूलाई आग्रह गरेका छन् । ओभल अफिसबाट राष्ट्रका नाममा आइतबार

पेन्सिलभानिया, ३० असार । एफबीआईले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने व्यक्ति बेथेल पार्क पेन्सिलभानियाका २० वर्षीय थोमस म्याथ्यु क्रुक्स भएको

एजेन्सी, ३० असार । इजरायली सेनाले गाजाको एउटा मानवीय क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा ९० जनाको ज्यान गएको छ । अरू

पेन्सिलभानिया, ३० असार । अमेरिकी राष्ट्रपति पदका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्‍यालीमा शनिबार (नेपाली समयअनुसार आइतबार