बेलायतको पुनर्निर्माण गर्ने नवनियुक्त प्रधानमन्त्री स्टार्मरको प्रतिबद्धता

काठमाडौँ, २२ असार । बेलायतका नवनियुक्त प्रधानमन्त्री लेबर पार्टीका किअर स्टार्मरले देशको पुनर्निर्माणका लागि तत्कालै काम शुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले देशको भाग्य पुनःस्थापित गर्नका लागि तत्काल काम कारबाही थाल्ने वाचा गर्ने बीबीसीले जनाएको छ । बेलायतमा अस्ति भएको संसदीय चुनावमा अत्याधिक बहुमत पाएसँगै स्टार्मर हिजो नयाँ प्रधानमन्त्रीमा नियुक्त भएको हो । लेबर पार्टीले ऋषि सुनकको कन्जरभेटिभको १४ वर्षको शासन अन्त्य गर्दै जित हासिल गर्यो ।

सुनक लिज ट्रसको कार्यकालपछि सन् २०२२ को अक्टोबरमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका थिए । बेलायतमा घट्दो सार्वजनिक सेवा, उच्च मूल्य र दलहरुका वाचा पुरा नहुँदा निराशा बढ्दै गएको अवस्थामा स्टार्मर नयाँ प्रधानमन्त्रीमा नियुक्त भएको र नागरिकका अपेक्षा पुरा गर्नुपर्ने जिम्मेवारी रहेको विश्लेषक बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने