आजको मौसम

काठमाडौँ, २२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

आज देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ । भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै