केपी ओलीको नेतृत्वमा सरकार बनेसँगै भक्तपुरको विकासमा कायापलट हुन्छः पूर्वमन्त्री बस्नेत

भक्तपुर, २१ असार । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै भक्तपुरको विकासमा कायापलट हुने उद्घोष गर्नुभएको छ ।

नेपाली कांग्रेस र एमालेको गठबन्धनको नेतृत्व गर्दै केही समयमा नै अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै उहाँले विगतमा एमालेले भक्तपुरको विकास र समृद्धिको ऐतिहासिक कार्यहरु गरेको स्मरण गर्नुभयो । एमालेको सरकार ढलेसँगै विकासका आयोजनाहरुको बजेट कटौती गरी सम्र्पूण आयोजनाहरु अलपत्र रहेको उल्लेख गर्दै उहाँले अबका दिनमा आफ्नै–एमालेकै नेतृत्वमा भक्तपुरको विकासले कायापलट हुने उद्घोष गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा केपी ओली नेतृत्वको सरकारको पालामा भक्तपुरको विकास ऐतिहासिक रुपमा भएको थियो । तर अहिले ति विकासका आयोजनाहरु अलपत्र परेका छन् । अब पुनः हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष राजनेता केपी ओली नेतृत्वमा कांग्रेससहितको सरकार बन्दै छ । सायद केही दिनमा नै सरकार बन्छ हो । नयाँ सरकार बनेसँग भक्तपुरका अलपत्र परेका आयोजनाहरु सुचारु हुनेछन् । वर्तमान जनप्रतिनिधिहरु सुतेका छन् कि उठेका छन्, त्यो त थाहा छैन तर भक्तपुरको विकास र समृद्धिको जिम्मा हामीले लिने हो । सूर्यविनायकका सडक, सामुदायीक भवन, प्राणी उद्यान केन्द्र, स्मार्ट प्लानिङलगायतका महत्वपूर्ण कार्यहरु हाम्रो नेतृत्वमा नै हुन्छ । कांग्रेसका साथीहरु विकासको समर्थक हुने कि विरोधी हुन ? तर एमालेले गरेको विकासलाई विरोध गरेर पार लाग्नेवाला छैन । एमालेविरुद्ध दधिकोट खानेपानीको निर्वाचनमा अहिले ८ दल लागेर भिडिरहेका छन् तर पनि एमालेको विजय निश्चित छ । जनता हाम्रो पक्षमा हुनुहुन्छ ।’

भक्तपुरका जनताको विश्वासलाई नेपालकै नमुना जिल्लाको रुपमा विकास गरेको स्मरण गर्दै नेता बस्नेतले निर्वाचनमा एमाले हारेता पनि हारको मानसिकता नभएको उल्लेख गर्नुभयो । भक्तपुरको विकास विरोधीले आएर हेर्न चुनौति दिँदै उहाँले सूर्यविनायकको गुण्डु, किवाचोक, दधिकोटलगायतका क्षेत्रहरुलाई नयाँ र व्यवस्थित सहर बनाउने दृढता व्यक्त गर्नुभयो । उहाँले उक्त ठाउँहरुलाई विकसित बनाउन स्मार्ट सिटी, व्यवस्थित प्लानिङ, पर्यटकीय, धार्मिकलगायतका ड्रिम प्रोजेक्टहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

असार १४ गते एमालेको अभियान नै राष्ट्रिय वृक्षरोपण अभियान चलाईरहेको उल्लेख गर्दै उहाँले रोपिएका विरुवाहरु संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय युवा संघले ‘एक युवा, पाँच विरुवा’ अभियान चलाईरहेको जानकारी गराउँदै आगामी दिनमा सडक, चौर तथा जंगललाई बहुआयामिक बनाउँदै लैजानुपर्नेमा ध्यान दिन जरुरी रहेको औंल्याउनुभयो । जंगलमा खानेपानी तथा खाद्य विरुवाहरुलाई रोप्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले युवाहरुको पहलमा जंगलभित्र पोखरी निर्माण, सडक सौन्दर्यीकरणसँगै जोखिम न्यूनिकरण, वृक्षारोपणसँगै सडकबक्तिलाई जडान लगायतका कार्यहरुलाई ध्यान दिन क्लवलाई सचे गराउनुभयो ।

विश्वमा जलवायुको परिवर्तनसँगै विश्व समुदायलाई नै चुनौति दिइरहेको समयमा किवाचोकमा वृहत वृक्षारोपण गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु (किवाचोक)मा ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ किवाचोक युवा क्लवद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा दुई सय विभिन्न प्रकारका विरुवाहरु रोपिएको छ । वडा नं।७ किवाचोकको भिम प्राथमिक विद्यालयदेखी हात्तिगौडासम्म र भिमसेनथानदेखि भिम प्राथमिक विद्यालयसम्मको सडक छेउमा वृक्षारोपण गरिएको छ ।

वृक्षारोपणमा असारे फुल २० गोटा, कपुर ५३, करविर २० कल्कि फुल ३२, गोल्डेन धुपी १५, चापँ १५, तेकोमा १५, मयुर धुपी २०, गुल्मोहर १० र शिरिसको ५ वटा विरुवा रोपिएको क्लवका अध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, वडा सदस्यहरु उमेश कार्की, गीता पण्डित बस्नेत, सन्तोषी परियार लगायत स्थानीयवासी तथा किवाचोक युवा क्लबको सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका