कुटपिटबाट एक जनाको मृत्यु, तीनजना घाइते

काठमाडौँ, २१ असार । पाँचथरमा अज्ञात समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् ।

प्रहरीका अनुसार कुटपिटबाट फिदिम नगरपालिका–१४, आहालका ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको हो । गएराति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामीझाँक्री) हेर्न गएका दिनेशसहित परशु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए । घाइते चारैजनालाई उपचारका निम्ति जिल्ला अस्पताल फिदिम ल्याइएको थियो ।

उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको हो । घाइतेमध्ये धुव्र र पुस्कर विक सामान्य उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । कुटपिटमा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप

काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।  यसअघिको समय परिवर्तन

काठमाडौँ, २८ माघ । नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ । गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल