काठमाडौँका मेयर र वडाध्यक्षको विवादले अन्योलमा नगरसभा

काठमाडौँ, २१ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र वडाध्यक्षहरूबीचको विवादले महानगरको नगरसभा अन्योलमा परेको छ ।

गत शुक्रबार बिहान ८ बजे बोलाइएको १५औं अधिवेशनको चौथो नगरसभा स्थगन भएयता कहिले बैठक बस्ने टुंगो भएको छैन ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बिहीबारसम्म पनि बैठक बस्ने कुनै खबर नपाएको बताए । ‘नगरसभा बैठकको विषयमा मलाई पनि थाहा हुँदैन,’ उनले भने, ‘नगरसभा बोलाउने मेयर सापले मात्र हो । उहाँलाई नसोधी भन्न सकिन्न । सभा बस्नलाई छलफल पनि भएको छैन ।’ अहिलेसम्म सहमतिमा जान नसकेको विषयमा मेयर शाहले प्रस्तावका रूपमा ल्याइसकेपछि मात्र सहज ढंगबाट अगाडि बढ्ने उनले सुनाए ।

मेयरको सचिवालयले आउँदो साताभित्र नगरसभा बैठक बस्नलाई तयारी गरिरहेको जानकारी दिएको छ । काठमाडौँ महानगरपालिका, नगरसभा सञ्चालन कार्यविधि, ०७४ अनुसार बजेट र नीति तथा कार्यक्रम अब सहमतिबाटै असारभित्रै पास गरेर लैजानुपर्ने अवस्था रहेको मेयरको सचिवालय बताउँछ । कार्यविधिअनुसार अधिवेशनको गणपूरक संख्या नपुगे दुई दिनभित्र अर्को अधिवेशन बस्ने गरी सूचना गर्नुपर्नेछ । तर उक्त समयभित्र अधिवेशन नबसे २५ प्रतिशत नगरसभा सदस्यको उपस्थितिमा अधिवेशन बस्नेछ ।

काठमाडौँका मेयर र वडाध्यक्षबीच विभिन्न संघसंस्थालाई अनुदान उपलब्ध गराउने कि नगराउने विषयमा विवाद भइरहेको छ । यी संघसंस्थाको विषयमा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखा परीक्षण प्रतिवेदनले समेत समीक्षा एवं पुनरावलोकन गरिनुपर्ने उल्लेख गरेको छ । महालेखाले प्रश्न उठाएको विषयमा भने मेयर शाह कुनै पनि सहमति गर्न तयार नरहेको मेयर सचिवालयको भनाइ छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । बैतडीको सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा बालबालिका प्रभावित भएका छन् ।  

काठमाडौँ, ३ असार । बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित अरनिको राजमार्ग भएको छ । सडक विभागले आज  बिहान ८

पाल्पा, ३ असार । पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोट सेफतमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको

काठमाडौँ, ३ असार ।औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक पुनरवलोकन गर्ने गरी तयारी थालेको