काठमाडौँ, २० असार । धनुषाको एक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनौजी गाउँपालिका–५, पोखरुवाको एक पोखरीमा डुबेर १२ वर्ष मुनिका तीन बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषा प्रहरीले जनाएको छ । नुहाउन जाने क्रममा डुबेर उनीहरूको मृत्यु भएको खुलेको छ ।