पहिराले बेनी–जोमसोम सडकमा यातायातसेवा प्रभावित

काठमाडौँ, २० असार । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ ।

सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौँसम्म जाममा पर्ने गरेका अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए ।

मुस्ताङको थासाङ गाउँपालिका–४ लेतेका सोमविर परियारले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न समस्या भएको बताए ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।  यसअघिको समय परिवर्तन