जमैकामा बेरिल नामको शक्तिशाली आँधी

एजेन्सी, २० असार । बेरिल नामको शक्तिशाली आँधी ठूलो गर्जनसहित जमैकाको क्यारेबियन टापु तर्फ सरिरहेको छ । झन्डै दुई सय २० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावासहितको आँधी क्यारेबियन टापुको दक्षिणी तटीय क्षेत्रको नजिकबाट पार गर्न सक्ने यूएस नेशनल हुरिकेन सेन्टर (एनएचसी ) ले चेतावनी दिएको छ ।

यसका कारण जमैका र पछि केम्यान टापुहरूमा जनजीवन सङ्कटमा पार्ने खालको हावा र आँधीबेहरी चल्नसक्ने बीबीसीले जनाएको छ । क्यारेबियन क्षेत्रमा आएको आँधीका कारण अहिलेसम्म कम्तीमा सात जनाको ज्यान गएको छ । जमैकामा शक्तिशाली आँधीबेहरीको चेतावनीसँगै प्रशासनले स्थानीय समय अनुसार विहान ६ देखि बेलुका ६ बजेसम्म कर्फ्यू लगाएको छ ।

प्रधानमन्त्री एन्ड्रयु होलनेसले नागरिकलाई यो आँधीलाई गम्भीर रूपमा लिएर बाढी र पहिरोको जोखिममा रहेका बस्ती र नदी किनार तथा तटीय क्षेत्रमा हुनेलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्नुभएको छ । बेरिल आँधीका कारण यसअघि सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्सको हिस्सा रहेको युनियन टापुमा झन्डै ९० प्रतिशत घर क्षतिग्रस्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्