चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौँ, १२ असार । चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको यशोधरा गाउँपालिका- ८ भैसहियाका २२ बर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका-१० धनकौलीका अन्दाजी १८ बर्षीय राजु ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो ।

बुधबार बिहान दुवै जनालाई खेतमा जाने क्रममा चट्याङ लागेको थियो । चट्याङ लागेका दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । मृतकको शव कपिलवस्तु अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ । आज

काठमाडौँ, २२ असोज । सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । समयमै उखुको समर्थन मूल्य

काठमाडौँ, २२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग

काठमाडौँ, २२ असोज । भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई