संसदीय छानबिन समितिले माग्यो गोरखा मिडियाको फाइल 

फाइल फोटो

काठमाडौँ, १२ असार । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको लगानीसम्बन्धी फाइल माग गरेको छ । 

समितिको आज बसेको बैठकले गोरखा मिडिया नेटवर्कमा गरिएको लगानीसहित संस्थाको वर्तमान अवस्थाको बारेमा पूर्ण जानकारी माग गर्ने निर्णय भएको समिति सदस्य इश्वरी न्यौपानेले जानकारी दिइन् ।

गोरखा मिडिया नेटर्वक गृहमन्त्री रवि लामिछानेले कार्यकारी निर्देशक भएर चलाइएको संस्था हो । उक्त मिडिया हाउसअन्तर्गत ग्यालेक्सी फोर के टिभी सञ्चालनमा आएको थियो । यसको अध्यक्ष जीबी राई हुन् । मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिएर कानुनविपरीत लगानी गरिएको आरोप लाग्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुल हुँदै भारतबाट नेपाल आउँदै गरेका एक युवक

काठमाडौँ, २२ असोज । सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका

काठमाडौँ, २२ असोज । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा