राजदूत सिफारिसमा कमजोरी भए सच्याइन्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले राजदूत सिफारिसमा कमजोरी भए सच्याइने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटसम्बन्धी प्रश्नको जवाफ दिने क्रममा उनले कमीकमजोरी रहेको भए राजदूत नियुक्ति सिफारिस सच्याइने बताएका हुन् । अहिले पनि मेरिटकै आधारमा राजदूत नियुक्ति होस् भन्ने आफूले चाहेको उनले बताए ।

दाहालले भने, ‘राजदूत नियुक्तिको सन्दर्भमा कुनै पार्टी विशेषको कुरा नभईकन पार्टीले प्रस्तुत गर्दा मेरिटका आधारमा योग्य मान्छे प्रस्तुत गर्नुपर्‍यो । ताकि त्यसले देशको प्रतिष्ठाका लागि र अन्य काममा पनि राम्रो योगदान गर्न सकोस् भनिएको थियो । मैले त्यतिखेर कांग्रेस सभापतिलाई भनेको थिएँ, तपार्इंले योग्य मान्छे दिनुभयो । मैले पनि योग्य मान्छे दिनुपर्‍यो, मेरिटका आधारमा दिनुपर्‍यो भनेको हुँ । कतिको म्यानपावर छ भन्ने जो प्रश्न उठेको छ, यस प्रश्नका सन्दर्भमा म सम्बन्धितहरूसँग छलफल गरेर यदि त्यहाँ केही कमी रहेछ भने सच्याइन्छ । यो विश्वास दिलाउन चाहन्छु ।’

सरकारले गत शुक्रबार ८ देशका लागि राजदूत सिफारिस गरेको थियो । राजदूत सिफारिस गरिएका ८ मध्ये एमालेबाट ५, जसपाका दुई र माओवादीका एक जना छन् । सरकारले भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकारलाई राजदूतमा सिफारिस गरेको थियो । दक्षिण कोरियाका लागि सिफारिस भएका प्याकुरेलले भने राजदूत पद अस्वीकार गरेका छन् ।

मुसलमान र राजकर्णिकार जसपाबाट तथा पन्त माओवादीबाट सिफारिस भएका हुन् । अन्य ५ जना एमालेको कोटाबाट राजदूतमा सिफारिस भएका छन् । हाल ११ मुलुकमा राजदूत खाली भएकोमा अझै इजरायल, कतार र पोर्चुलमा राजदूत सिफारिस गर्न बाँकी छ । राजनीतिक भागबण्डाअनुसार दुई राजदूतको कोटामा रास्वपाले सरकारलाई नाम दिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हवी

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो

ताप्लेजुङ, २८ असोज । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक

कञ्चनपुर, २८ असोज । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् भने बिचमै विद्यालय